काठमाडाैं । संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक श्रीधर खत्री नियुक्त भएका छन् ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक खत्रीलाई नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरेकी हुन्।
मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो।
नवनियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुन्।