Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसी सम्झौता स्थगन गरेर नयाँ ढंगबाट अघि बढ्नुपर्छ: राजेन्द्र लिङ्देन


    आइतबार, फाल्गुन १५ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले एमसीसी सम्झौतालाई स्थगन गरेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभामा आइतबारबाट सुरू भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले राष्ट्रिय सहमति कायम गरेर एमसीसी सम्झौताको विषय टुंग्याउनुपर्ने बताए । 

    सदनमा एमसीसी सम्झौताको बुँदा बुँदामा छलफल गर्नुपर्ने वातावरण बनाउनुपर्ने जोड दिँदै उनले सदनमा भइरहेको अवरोध पनि अन्त्य गर्नुपर्ने बताए । 

    एमसीसी सम्झौताका विषयमा जनतामा भएका त्रास र आशंकालाई मेटाउनु पर्ने र जनतालाई भ्रममा पारेर अनुमोदन गर्न नहुने अध्यक्ष लिङ्देनकाे भनाइ छ । 

    वैदेशिक सम्बन्धलाई सत्ताको भर्‍याङ बनाउन नहुने भन्दै उनले वैदेशिक सहयोगलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार