Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न- सित्तैमा पाइयो भन्दै विष खान सकिन्छ ?


    आइतबार, फाल्गुन १५ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी राष्ट्रहितविपरीत रहेकाले अनुमोदन गर्न नहुने बताएका छन् । 

    प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले नेपालको हितमा नरहेको एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गरे । 

    सित्तैमा पाएको विष खान नसकिने उनको भनाइ छ । ‘ प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा पाएको रकम किन नलिने भन्नुभयो,’ सुवालले भने, ‘सित्तैैमा पाएको विष खान सकिन्छ र ? खाएमा मृत्यु हुन्छ ।’ 

    आफ्नो सम्बोधनभर उनले एमसीसी सम्झौताको विपक्षमा बोले । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार