Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी नेपालको हितमा छैन: मेटमणि चौधरी


    आइतबार, फाल्गुन १५ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमााडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै अस्वीकार गर्नुपर्ने बताएका छन् । 

    प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले नेपालको हितमा नरहेकाले एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गरे । 

    सन् २०१७ र २०१९ मा सम्झौता फरक फरक रहेको भन्दै उनले कुनै पनि हालतमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने बताए । एमसीसी अनुमोदन भएपछि नेपालले अब कसरी असंलग्न परराष्ट्र नीतिको पक्षमा वकालत गर्न नसक्ने उनकाे भनाइ थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार