Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावल भन्छन्- एमसीसी संसदमा पेश गर्नु देशप्रति धाेका र गद्दारी हो


    आइतबार, फाल्गुन १५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं  । प्रतिनिधिसभा बैठकमा लामो समयदेखि विरोधमा नाराबाजी गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिइरहेको छ । जारी प्रतिनिधिसभा बैठकमा एमाले सांसदले नाराबाजी गरिरहेका हुन् । 

    यसअघि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गरेर फर्किने क्रममा महासचिव शंकर पोखरेलले आफूहरूको माग पूरा नभएसम्म एमाले संसदीय प्रक्रियामा सहभागी हुने बताएका थिए । तर, आइतबार एमालेका माग पूरा नभए पनि एमाले सांसद भीम रावल संसद्को प्रक्रियामा सहभागी भएका छन् । 

    एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै रावलले कुनै पनि सर्तमा एमसीसी अनुमोदन गर्न नहुनेमा अडान राखे । सम्झौतामा रहेका राष्ट्रहितविपरीतका बुँदा हटाउने वा संशोधन गर्नुपर्ने भन्दै उनले व्याख्यात्मक टिप्पणीसहित घोषणा गरेर एमसीसी पारित गर्नु भन्नु राष्ट्रहितविपरीत रहेको दाबी गरे । 

    रावलले एमसीसी सम्झाैता जनताप्रतिकाे धाेका र गद्दारी भएकाे समेत उनले टिप्पणी गरे । एमालेले चर्काे नाराबाजी गरिरहँदा साेही पार्टीका सांसद रावलले भने एमसीसीमाथिकाे छलफलमा भाग लिएर दलकाे निर्णयमाथि चुनाैती दिएका छन् ।

    अहिले नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले एमसीसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै आफ्नो धारणा राखिरहेका छन् । उनले पनि एमसीसी राष्ट्रहितविपरीत रहेको दाबी गरे। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार