Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा एमसीसीबारे छलफलसुरू भएसँँगै खुर्पा र भाटासहित सुरक्षाकर्मीमाथि जाइलागे आन्दोलनकारी


    आइतबार, फाल्गुन १५ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । यता प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको बेला नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

    आइतबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेसँगै उनीहरुबीच झडप भएको हो । झडपपछि अहिले उक्त क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।

    एमसीसीविरुद्धको नारा लगाइरहेका उनीहरु संसद भवन अगाडिको निषेधित क्षेत्र क्रस गर्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । तर, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् ।

    प्रदर्शनका क्रममा उनीहरुले घरेलु हतियार समेत बोकेर विरोधमा उत्रिएका छन् । उनीहरुको साथमा खुर्पा, भाटा, लट्ठीहरु रहेका छन्। अहिले उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार