Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जंगलका लुकाई राखेको मोटरसाइकलसहित दुई जना पक्राउ


    आइतबार, फाल्गुन १५ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाही । सर्लाही प्रहरीले जंगलमा लुकाई राखेको अवस्था चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । 

    शनिबार मध्यराति बागमती नगरपालिका–९, बाट हराएको ज६प २६०४ नम्बरको मोटरसाइकल आठ घण्टापछि आइतबार बिहान प्रहरी चौकी राजघाटको टोलीले बरामद गरेको हो ।

    इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार मोटरसाइकल चोरी गरेर बागमती नगरपालिकास्थित शंकरपुर जंगलमा लुकाई राखेको अवस्थामा बरामद भएको थियो ।

    प्रहरीले घटनामा संलग्नको आशंकामा दुई जनालाई पक्राउ पनि गरेको छ । प्रहरीले मोटरसाईकल सँगै बागमती नगरपालिका–९, शंकरपुर बस्ने १९ बर्षीय विनोद महतो र सोही स्थानका १८ वर्षीयका अनिलकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको निमित्त प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए । 

    घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार