Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डको ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयप्रति नारायणकाजी श्रेष्ठको गम्भिर असहमति


    आइतबार, फाल्गुन १५ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आइतबार विहान पार्टीले गरेको ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन् । 

    यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान बसेको बैठकमा ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । 

    ‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।

    माओवादी केन्द्रले यसअघि एमसीसीलाई हालकै अवस्थामा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो । एमसीसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने अडान माओवादीले लिएको थियो । 

    तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको बिपक्षमा मतदान गरे गठबन्धन तोड्ने बताएपछि माओवादीको आजको बैठकले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो । 

    ‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं । यो महाधिवेशनको बिरुद्ध छ  र गलत छ,’ श्रेष्ठले भनेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार