Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धनबाटै एमसीसीको ‘गाँठो’ फुक्दै, माओवादी र एकीकृत समाजवादीको ‘युटर्न’


    आइतबार, फाल्गुन १५ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसीसीसम्बन्धी प्रस्तावलाई पास गर्न सत्तारूढ गठबन्धन सहमतिनजिक पुगेका छन् ।

    लामो रस्साकस्सीपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि एमसीसी परियोजनासम्बन्धी संसद्मा टेबल भएको प्रस्तावका पक्षमा मतदान गर्न सहमत भएका हुन् ।

    उच्च स्रोतका अनुसार एमसीसीका सन्दर्भमा संशय रहेका विषयमा थप व्याख्यात्मक घोषणा गर्दै संसद्बाट अनुमोदन गर्न ती दुई दल तयार भएका हुन् । संशय रहेका विषयलाई व्याख्या गर्दै अनुमोदन गर्ने तयारी गठबन्धनले गरेको हो । सो विषयमा आज आइतबार ९ बजे बस्ने गठबन्धन बैठकबाट ठोस निर्णय हुनेछ ।

    प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अघि सारेको सो प्रस्तावमा सत्ता गठबन्धनमा आबद्ध मुख्य दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सहमति जनाएका हुन् । थापाले केही दिनयता गठबन्धनमा रहेका दल एक ठाउँ उभिन सक्ने भन्दै व्याख्यात्मक घोषणाको सो प्रस्ताव गर्दै आएका थिए । राजधानी दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार