Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खानेपानी संस्थाकाे चुनावमा सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी


    आइतबार, फाल्गुन १५ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    अध्यक्षमा एमालेका गुमानसिंह कुँवर निर्वाचित भएका हुन् । एमालेका कुँवरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित गठबन्धनका माेतिलाल ढकाललाई पराजित गरेका हुन् ।

    कुँवर यसअघि पनि उक्त संस्थाकाे अध्यक्ष थिए । कुँवर सँगै सबै पदमा  उनकै प्यानलका एमाले समर्थित उम्मेदवार विजयी भएका छन् ।

    चुनावबाट उपाध्यक्ष अनिशा पौडेल, सचिव हरि पाण्डे र कोषाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली निर्वाचित भएका छन् । सदस्यमा चक्रपानी न्यौपाने, अनिता कुँवर, उपेन्द्रराज पाण्डे, गौमती बुढाथोकी, रिमबहादुर ढेगा, विष्णुप्रसाद भट्टराई र रुकमाङगत भारती छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार