Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ला लिगामा रियललाई ९ अंकको अग्रता


    आइतबार, फाल्गुन १५ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकाल्दै नौ अंकको अग्रता बनाएको छ ।

    शनिबार राति भएकाे खेलमा शीर्ष स्थानको रियलले जित निकालेकाे हाे ।

    कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा रियलले रायो भालेकानोलाई १-० गोल अन्तरले हरायो । बेन्जेमाले खेलको ८३औं मिनेटमा गोल गरेका थिए । 

    जितसँगै रियलले २६ खेलमा ६० अंक जोडेको छ । रायो भालेकानो ३१ अंक जोडेर १२ औं स्थानमा  छ ।

    दोस्रो स्थानको सेभिल्लाको २५ खेलबाट ५१ अंक छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार