काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताप्रति अझैँ अनिर्णीत बनेको छ । शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले एमसीसी बारे निर्णय गर्ने भनिए पनि कुनै निर्णय गर्न सकेको छैन ।
निश्कर्ष बिनै सकिएको बैठक आइतबार पनि बस्नेछ । शुक्रबारदेखि बैठक जारी छ । आइतबार बैठक बस्नुअघि शीर्ष तीन नेताहरू अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेता अशोक राईबीच छलफल हुने बताइएको छ ।
शनिबारको बैठकमा यादवले एकलौटी पार्टी सञ्चालन गरेको, संगठन सुस्त बनाएको, एमसीसीमा मौन बसेको भन्दै डा. भट्टराई पक्षले चर्को आलोचना गरेको थियो ।
डा. भट्टराई एमसीसी संसद्बाट अनुमोदन हुनुपर्ने पक्षमा छन् । उता यादव भने एमसीसीका विषयमा मौन छन् । फाइल फोटो
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend