Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलि बस्ने प्रतिनिधिसभा बैठककाे कार्यसूची सार्वजनिक, एमसीसी दाेस्राे नम्बरमा


    शनिबार, फाल्गुन १४ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

    भोलि दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतालाई दोश्रो कार्यसूचीमा राखिएकाे छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने  पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ । 

    यस्तै प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ ।

    samsa.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार