Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा र ओलीको भेटवार्ताअघि एमाले-कांग्रेस नेताहरूको बैठक, आजकाे छलफल निर्णायक हुने


    शनिबार, फाल्गुन १४ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । अमेरिकी अनुदान परियोजना (एमसिसी) पारित गर्न सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच शनिबार साँझ भेटवार्ता हुँदै छ ।

    दिउँसो ३ बजे नै देउवा र ओलीबीच भेट हुने भनिए पनि  कांग्रेस नेताहरू आन्तरिक छलफलमा बसेकाले बैठक ५ बजेलाई सारिएको हो।

    उक्त बैठकभन्दा पहिले ४ बजे कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बैठक बस्ने भएको छ । 

    एमसिसी पारित गर्नका लागि सत्तारूढ गठबन्धनमा सहमति हुन नसकिरहेका बेला कांग्रेस र एमालेबीच सघन छलफल चलिरहेको छ । शनिबार हुने छलफल निर्णायक हुने नेताहरूले दाबी गरिरहेका छन्। 

    कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ओली निवास बालकोट पुगेका छन्।

    एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बालकोटमै छन् ।

    पाँच बजे प्रधानमन्त्री शेरबहादुर देउवा पनि बालकोट जाँदैछन्। प्रधानमन्त्री देउवा पुगेपछि ओलीसहित बैठक बस्दैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार