Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीसँग निर्णायक वार्ता गर्नुअघि काँग्रेस नेताहरु छलफलमा जुटे


    शनिबार, फाल्गुन १४ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली काँग्रेसका नेताहरु एमसीसीको विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्न बालकोट जानु भन्दा पहिले आन्तरिक छलफलमा जुटेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा काँग्रेस नेताहरुबीच छलफल सुरु हुँदैछ । 

    प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु बैठकमा सहभागी हुँदैछन् ।

    आजै ३ बजे काँग्रेस नेताहरु ओलीबीच एमसीसीका विषयमा  निर्णायक वार्ता हुँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार