Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वभर थपिए १६ लाखभन्दा बढी कोरोनाका नयाँ संक्रमित, ८३ सयभन्दा बढीको मृत्यु


    शनिबार, फाल्गुन १४ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो चौबिस घण्टामा विश्वभर १६ लाख १० हजार २८७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण ८ हजार ३५९ जनाले ज्यान गुमाएका छन् । 

    वल्डोमिटर्सका अनुसार योसँगै विश्वमा कूल कोरोना भाइरस संक्रमितको संख्या ४३ करोड ३२ लाख ९७ हजार २१० पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ५९ लाख ५६ हजार ३२५ जनाको मृत्यु भएको छ । 

    पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित जर्मनी, दक्षिण कोरिया र रुसमा थपिएका छन् । उक्त अवधिमा जमर्नमा १ लाख ९३ हजार ९९, दक्षिण कोरियामा १ लाख ६५ हजार ८८९ र रुसमा १ लाख २३ हजार ४६० जनामा संक्रमण पुष्टी भएको छ । 

    बितेको चौबिस घण्टामा कोरोनाका कारण विश्वमा ८ हजार ३५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अमेरिकामा १ हजार ८५३, रुसमा ७८७, भारतमा २५४, ब्राजिलमा ७८१, फ्रान्समा १८८, बेलायमा १२०, जर्मनीमा २३५, टर्कीमा २६६, इटालीमा १९३ र स्पेनमा २४८ जना रहेका छन् ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार