Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आज फागुन १४ गते शनिवारको राशिफल


    शनिबार, फाल्गुन १४ २०७८
    375
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । आज १४ फागुन २०७८, तदनुसार २६ फेब्रुवरी २०२२ शनिवार। यस्तो छ आजको भाग्यफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

    आज अधुरो काम र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । विश्वास गरेकाले साथ र लाभ दिनेछन् ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
    आज कसैले झुटो आश्वासन दिन सक्छन् । सहयोगी र नातागोताको साथ पनि नमिल्ला, तर साँझमा भने केही शुभ समाचार सुन्नमा आउला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
    रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    नाम, दाम र प्रतिष्ठा प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
    आज धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
    आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
    आज कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । साथीभाइहरूसँग भेटघाट हुनेछ । आत्मविश्वास पनि जाग्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

    आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
    आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
    आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
    सामाजिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
    बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । राजनैतिक चिन्तन बढ्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार