Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • नेपाली क्रिकेट टोली स्वदेश फिर्ता (फोटो फिचर)


    शुक्रबार, फाल्गुन १३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । ट्वान्टी-२० विश्वकप क्रिकेट छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

    ओमानको मस्कटमा भएको खेलमा नेपालले तेस्रो स्थान हात पारेको थियो । शुक्रबार साँझ टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    विश्वकप छनोट खेलको सेमिफाइनलसम्म पुगेको नेपाली टोली बुधबार यूएईसँग पराजित बनेको थियो ।  क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली टोली यूएईसँग पराजित भएपछि विश्वकप छनोटको यात्रा टुंगिएको थियो ।

    शुक्रबार साँझ नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायाकेसहित खेलाडी टोलीलाई अभिनन्दन गर्दै स्वागत गरिएको थियो ।

    1 .jpg

     

    2.jpg

    3 .JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार