धनकुटा । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कम्युनिष्टहरुले अघि बढाएको अमेरीकी सहयोग परियोजना एमसीसीमा अहिले उनीहरुले नै बखेडा झिकेको बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराई र एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा आवश्यकता छ भनेर अघि बढाएको एमसीसीमा अहिले बखेडा झिकेको आरोप लगाएका हुन् ।
उनले अघिल्लो सरकारले संसदमा पेस गरेको एमसीसी वर्तमान सरकारले टेबल गरेको बताए ।
सहमहामन्त्री आङ्देम्बेले कम्युनिष्टले अघि बढाएको एमसीसीलाई अहिले उनीहरुले नै राष्ट्रघाती भन्न थालेको आरोप लगाए। प्रचण्ड र माधव नेपालले संशोधन गर्नुपर्ने बताए पनि कुन बुँदा हो भन्ने देखाउन नसकेको टिप्पणी गरे ।
सहमहामन्त्री आङ्देम्बेले एमालेलाई नेकपा एकीकृत समाजवादीका १४ संसद र सभामुख कसरी हटाउने भन्ने चिन्ता रहेको र माओवादी र नेकपा एकिकृत समाजवादीलाई आगामी निर्वाचनमा पार्टीको आकार र चीनले एमसीसी फेल गराउन दिएको पैसा कसरी पचाउने भन्ने चिन्ता मात्रै रहेको आरोप लगाए। भारतलाई विस्तारवाद र अमेरिकालाई साम्राज्यवाद देख्ने कम्युनिष्ट प्रवृत्तिले एमसीसी पास हुन समस्या आएको उनको भनाई छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend