Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावलको आरोप – सत्ता र कुर्सीका लागि एमसीसी पास गर्न खोजिँदैछ


    शुक्रबार, फाल्गुन १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको आराेप लगाएका छन् ।

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको आराेप लगाएका हुन् ।

    उनले एमसीसी पास गर्ने खेल रोक्नका लागि सजग रहनुपर्ने समेत बताएका छन् ।

    ‘सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता, हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिँदै छ। यस्तो खेल खेल्नेहरू नेपालको स्वाधीनता र हित विरोधी एमसीसीका प्रावधानप्रति आँखा चिम्लेर सिद्धान्त,नीति र नैतिकताहीन राजनीतिको पासोमा देश फसाउने कुकृत्य गर्दैछन् । सजग रहौं !’ रावलले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार