Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • भन्सार छलि ल्याउँदै गरेको करिव साढे तीन करोडको सामान बरामद


    शुक्रबार, फाल्गुन १३ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनको खैरहनी नगरपालिका–८ मा अवैध रुपमा भन्सार छली गरी ल्याउँदै गरिएको ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ । 

    भन्सार छलि गरी ल्याइएका सामानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    उनीहरुले चार वटा ट्रकमा भन्सार छलि गरी कपडा, फलामको छड र भाँडावर्तन ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जना ट्रक चालक रहेका छन् । 

    पर्सा वीरगन्जबाट भन्सार छलि लत्ता कपडाहरु लगायत अन्य सामानहरु ल्याएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले चार वटा ट्रक जाँच गर्दा ती सामान भेटिएको हो । 

    बरामद मालसामान, ४ वटै ट्रक र चालकहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाईएको  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार