Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धन जोगाउन काँग्रेस–माओवादी दुबै पक्ष सकारात्मक


    शुक्रबार, फाल्गुन १३ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  शुक्रबार काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुबै पक्ष सकारात्मक भएको स्राेतले जानकारी दिएकाे छ ।

    अघिल्लो दिन काँग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन अघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको छलफलमा थिए । एमालेसँगको संवाद सकारात्मक रहेको र वर्तमान गठबन्धन अघि बढ्न सक्ने अवस्था नरहेको काँग्रेस र माओवादी केन्द्रकै नेताहरुले बताएका थिए । 

    बैठकमा देउवासहित काँग्रेसबाट पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की र गगन थापा तथा माओवादीको तर्फबाट प्रचण्डसहित  जनार्दन शर्मा सहभागी थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार