पोखरा । एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण देशमा संकट आएको बताए । पुतलीको चिनियाँ कथा सुनाउँदै उनले प्रचण्डको चरित्र पनि छुट्याउनै नसक्ने खालको भएको बताए । त्यसअघि उनले चिनियाँ कथा सुनाए ।
चिनियाँ एउटा कथा छ, एउटा पुतली उड्दै रस चुस्दै गयो । टन्न अघाएर डालीमा बस्दा निदाएछ । निदाउँदा उसले मान्छेको सपना देखेछ । युवा हुर्केर केटीसँग बिहे गरेछ । जागिर खाएछ, छोराछोरी भएछ । अनेक काम गर्दै गएछ । त्यतिबेलै पानीको थोपो परेछ र झल्याँस्स ब्युँझिएछ । अनि अघिको सपना रहेछ म त पुतली रहेछु भन्ने थाहा पायो । पुतली भयो फेरि उड्यो, अर्को पुतली भेट्यो । जिन्दगी रमाइलोसँग बित्दै थियो, फेरि श्रीमतीले छिटो उठ बुढा भनेर बोलाईछे । ऊ अलमलमा परेछ । म पुतली हो कि मान्छे ?
कथा सुनाएपछि ओलीले भने, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन् । यो मान्छे हो कि पुतली हो ? कुन सहि हो, कुन गलत हो ?’
उनले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको भन्दै एमालेको नीति भने सुनाएनन् । ‘एक सय ६५ भोट सरकारसँग छ । एमसीसी पास गर्ने भनेको छ,’ उनले भने, ‘एमसीसीको बारेमा हामीले चिन्ता लिनुपर्दैन । एमाले देश र जनताको हितभन्दा बाहिर, कसैका धाकधम्कीका पछि लाग्दैन । देशको हितका पक्षमा के छ भन्ने कुरा छुट्याउन र बुझ्न सक्छ ।’
पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको खुलेर विरोध गरे । ‘नाम हेर्यो नेकपा माके, काम हेर्यो कांग्रेसको पुच्छर । नाम हेर्यो पार्टी फुटाएर एकीकृत, काम हेर्यो कांग्रेसका पछि लागेर समाजवादी । यो स्थितिमा हामी छौं,’ ब्यंग्यात्मक शैलीमा उनले थपे ।
अर्को एक प्रसंगमा ओलीले गठबन्धन कुनै अवस्थामा पनि नटुट्ने बताएका छन् । एमसीसी पास गरेरै भएपनि गठबन्धन जोगाउने तयारीमा पाँच दल लागेको भन्दै ओलीले गठबन्धन कायम रहे पनि स्थानीय चुनावमा उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिए ।
‘यो गठबन्धन टुट्दैन, टुट्न हुँदैन । यो टुट्यो भने विचराहरू धुलोपिठो हुन्छ,’ उनले भने, हामी लड्न बोलाउँदा वान वाई वान होइन पाँचै दल आऊ भनेर बोलाउँछौं । ३० वैशाखमा उनीहरूलाई सात दिन नउठ्ने गरी पछार्छौं ।’ सरकारमा बस्नेहरुले नै कार्यकर्तालाई सडकमा उतारेर आफूविरुद्ध ढुंगा हान्न लगाएको उनको आरोप छ ।
‘एमसीसी माग्ने झलनाथ खनाल हिँड्दा केही गर्दैनन् । एमसीसी पास गर्ने भन्ने कांग्रेसका नेताहरू हिँड्दा केही गर्दैनन् । माओवादीलाई केही गर्दैनन्,’ उनको दुखेसो छ, ‘म हिँड्दा ढुंगा बर्साउँछन् । कुरा बुझिँदैन र ?’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend