Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा र प्रचण्डलाई ओलीको चेतावनी- एमालेलाई जतिबेला चाहियो त्यतिबेला फुटाएर काम चलाउने खुत्रुके नसम्झनु


    शुक्रबार, फाल्गुन १३ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ककाठमाडाैं । अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई खुत्रुकेका रूपमा नबुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् ।

    घर-घरमा पैसा सकिँदा खुत्रुके फुटाएर काम चलाउने चलन रहेको प्रसंग निकाल्दै ओलीले एमालेलाई चेतावनी दिएका हुन् ।

    ‘हिजो मेरो प्रचण्डसँग पनि कुरा भएको थियो, प्रधानमन्त्रीसँग पनि,’ ओलीले भने, ‘दुबैलाई भनेको छु, हामीलाई खुत्रुकेका रूपमा नबुझ्नुस्, जसलाई जतिबेला चाहियो त्यतिबेला फुटाएर काम चलाउने।’

    एमाले पदका लागि मरिमेट्ने पार्टी नभएको ओली दाबी गर्दै उनले भने, ‘प्रधानमन्त्री पदका लागि स्वाँस्वाँ र फ्वाँ फ्वाँ गरेर कुद्ने ५ दलजस्तो होइन हामी।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार