Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शंकर पोखरेल भन्छन्- सभामुखले मार्गप्रशस्त गरेपछि मात्रै एमसीसीबारे धारणा बनाउँछौं


    शुक्रबार, फाल्गुन १३ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था नरहेको बताएका छन् । 

    आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा एमाले सहभागी नहुने बताएका हुन् । 

    आफूहरु संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसीसहितका विषयमा धारणा बनाउन उनको भनाइ छ । 

    सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिका निभाएको भन्दै उनले सभामुखले गल्ती सच्याउनु पर्ने वा राजीनामा दिएर माग प्रशस्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने बताएका हुन् । 

    ‘एमाले विभाजन गर्नेगरी सभामुखले पदीय जिम्मेवारी निर्वाह गर्नेक्रममा दोहोरो भूमिका निभाउनुभयो,’ महासचिव पोखरेलले भने, ‘सभामुखले गल्ती सच्याउनुपर्याे वा मार्गप्रशस्त गर्नुपर्याे । अनि मात्र एमाले संसदीय प्रक्रिया सहभागी हुन्छ ।’ 

    सभामुखबाट निकास ननिस्किए सत्तारुढ गठबन्धन वा सरकारले आफूहरुको माग पूरा गर्नुपर्ने महासचिव पोखरेलको माग छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार