Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसी अनुमोदन कसरी गर्ने भन्ने टुंगो कार्यव्यवस्था परामर्श समितिले लगाउँछः कांग्रेस प्रवक्ता महत


    शुक्रबार, फाल्गुन १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारलाई साथ दिने दलसँग मिलेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने बताएका छन् ।

    एमसीसी सम्झौता संसदमा पेस भइसकेकाले पास वा फेल जे भए पनि गर्नुपर्ने अवस्था रहेको भन्दै उनले कांग्रेसलाई जसले साथ दिन्छ त्यही दलसँग मिलेर अनुमोदन गर्ने उनको भनाइ छ ।

    एमसीसी अनुमोदनका लागि संसदमा कांग्रेसलाई जुन दलले साथ दिन्छ, उहीसँग हाम्रो सहकार्य हुन्छ,’ डा.महतले न्युज कारखानासँग भने ।
    सत्ता साझेदार दलहरूले साथ नदिएपछि कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर एमसीसी पास गर्ने प्रयास गरेको छ । यसैको प्रयासस्वरूप हिजोदेखि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएका छन् । 

    एमसीसी संसदमा कसरी अघि बढाउने भन्नेबारे आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर निर्णय हुने नेता महतले जानकारी दिए । दलहरूबीच ध्वनि मत र मत विभाजनमध्ये कसरी अगाडि बढाउने भन्नेमा विवाद हुँदा हिजोको प्रतिनिधिसभा बैठक आजसम्मका लागि स्थगित गरिएको छ । कांग्रेस ध्वनि मतको आधारमा एमसीसीलाई सदनमा अघि बढाउन चाहन्छ भने माओवादी केन्द्रले मत विभाजन गर्नुपर्ने अडान राखेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार