Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युक्रेनमा रहेका नेपालीलाई दूतावासकाे आग्रह- बसिरहेकै घरभित्र सुरक्षित रहनू


    शुक्रबार, फाल्गुन १३ २०७८
    480
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । रूसले युक्रेनमा आक्रमण गरेसँगै त्यहाँ रहेका नेपालीलाई जर्मनीमा रहेको नेपाली दूतावासले बसोबास गरिरहेको ठाउँमा घरभित्रै संयमता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ ।

    हवाई मार्गबाट तत्काल युक्रेन छाड्न नसकिने भएकाले उनीहरू रेललगायत सवारी चढेर सीमावर्ती मुलुकतर्फ जान थालेपछि दूतावासले कतै जाँदा राहदानी, बैंकको कार्डलगायत आवश्यक कागजात साथमा राख्न समेत अनुरोध गरिएको छ।

    युक्रेन सरकार र सम्बन्धित कलेज र विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशन पालना गर्नसमेत दूतावासले आग्रह गरेको छ।

    सम्भव भए सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जानसमेत दूतावासले सुझाएको छ।

    एक सूचना जारी गर्दै दूतावासले साथीभाइ, परिवार तथा नियोगसँग निरन्तर सम्पर्कमा रहनसमेत आग्रह गरेको छ।

    युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको आकलन गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार