Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सत्ता गठबन्धन धरापमा


    शुक्रबार, फाल्गुन १३ २०७८
    520
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता सम्झौताको विषयले सत्ता गठबन्धन धरापमा परेको छ ।

    एमसीसी बारेमा सत्ता घटक दलहरू एकमत हुन नसक्दा बिहीबारको संसद् बैठकसमेत स्थगित भएको छ । गत आइतबार एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा टेबल भएको थियो ।

    कांग्रेस महामन्त्री गगन थापाले एमसीसी पारित गर्ने कुरा नमिलेपछि सत्ता गठबन्धन धरापमा परेको बताउनुभएको हो । राष्ट्रिय राजनीतिमा एमसीसीको विषय धेरै नै गिजोलिएपछि बिहीबार दिनभर प्रधानमन्त्री शेरवहादुर देउवालगायत काग्रेसका शीर्ष नेताहरू अन्य दलहरूसँग संवादमा व्यस्त रहे ।

    प्रधानमन्त्रीसहित कांग्रेसका शीर्ष नेताहरू र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सो पार्टीको शीर्ष नेताहरूसँगको छलफलपछि कांग्रेस महामन्त्री थापाले भन्नुभयो– ‘ओली नेतृत्व सरकारले संसद्मा दर्ता गरेको एमसीसी सम्झौता अनुमोदनका लागि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार