Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, एमसीसीमाथि छलफल हुँदै [सूचीसहित]


    शुक्रबार, फाल्गुन १३ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो १ बजे बस्दैछ । यसअघि हिजो बिहीबारका लागि तोकिएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक विशेष कारण देखाउँदै आजका लागि सरेको हो। 

    आजको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल हुने उल्लेख छ। उक्त प्रस्ताव संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

    यस्तै, कार्यसूचीको पहिलो नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ भने दोस्रो नम्बरमा एमसीसी प्रस्ताव छलफलका लागि पेश हुने उल्लेख छ।

    274120987_642912970277552_427694231489458307_n-1-.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार