Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद् छल्दै हिँंडेका अर्थमन्त्रीले नैतिक बल गुमाए


    शुक्रबार, फाल्गुन १३ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसिसी सम्झौतामाथि छलफल गर्ने कार्यसूची थियो। एमसिसीको तालुकदार निकाय अर्थ मन्त्रालय हो। त्यसको नेतृत्व अर्थमन्त्री जनार्दन शर्माले गरेका छन्। एमसिसीको विषयमा उठेका प्रश्नको निरूपण गर्ने जिम्मेवारी शर्माको हो।

    तर उनी विभिन्न बहाना बनाएर यो जिम्मेवारीबाट भागिरहेका छन्। अर्थमन्त्रीको हैसियतमा उनले आइतबार संसद्मा एमसिसी टेबुल गर्नुपथ्र्यो तर बिरामी भएको बहाना बनाएर अनुपस्थित रहे। त्यसपछि अर्थमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसद्मा टेबुल गरेका थिए।

    अर्थमन्त्री शर्मा बिहीबार पनि राष्ट्रिय महत्वको एमसिसीलाई छाडेर काठमाडौंबाट पर्वत पुगे। शर्माले मन्त्रीको भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना भएको छ। शर्माले अर्थमन्त्रीको जिम्मेवारीमा बसिरहने नैतिक बल गुमाएका छन्। उनको दल नेकपा माओवादी केन्द्र एमसिसीको विपक्षमा छ।

    राजनीतिक कारणले बिहीबार प्रतिनिधिसभाको बैठक स्थगित भए पनि शर्मा संसद् छल्नकै लागि पर्वत गएको मन्त्रालयका एक उच्च अधिकारीले बताए। ‘मन्त्रीज्यू एमसिसीजस्तो महत्वपूर्ण विषय छाडेर पर्वत जानुपर्ने उच्च महŒवको कुनै कार्यक्रम थिएन,’ अर्थका ती अधिकारीले भने, ‘एमसिसीबाट भाग्न उता (पर्वत) जानुभएको हो।’

    नेकपा एकीकृत समाजवादीका तर्फबाट सहरी विकासमन्त्री भएकी रामकुमारी झाँक्रीले भने सरकारमा बस्ने हो भने प्रधानमन्त्रीको प्रस्तावमा समर्थन गर्नुपर्ने बताउँदै आएकी छन्। ‘क्याबिनेटमा बसेर सरकारले ल्याएको प्रस्तावको विरुद्ध उभिन नैतिकताले दिँदैन,’ झाँक्रीले भनेकी छन्, ‘सरकारमा बस्ने हो भने प्रस्तावको पक्षमा उभिनुपर्छ।’

    एमसिसी परियोजना माग गर्नेदेखि सम्झौता चरणका सबै प्रक्रियामा अर्थ मन्त्रालय सहभागी हुँदै आएको छ। त्यही मन्त्रालयका मन्त्रीले अहिले एमसिसीमा पदीय जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना भएको छ। नागरिक दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार