Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानीय तहको निर्वाचनमा सहभागी हुन २९ नयाँ दलले दिए निवेदन


    बिहिबार, फाल्गुन १२ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन २९ नयाँ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

    ‘निर्वाचनमा भाग लिनका लागि दर्ता हुन निवेदन दिने दलहरुको संख्या २९ पुगेको छ,’ आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । 

    निर्वाचनमा भाग लिन निवेदन दिने नयाँ दलमा बहुजन एकता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), तामाङसालिङ लोकतान्त्रिक पाटी, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।

    यस्तै, नेपाल समावेशी पाटी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय विकास पार्टी, नागरिक उन्मुक्ति पाटी, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल संसदीय समाजवादी पार्टी, सचेत नेपाली पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, समाजवादी केन्द्र नेपाल र पिछडावर्ग निषाद दलित जनजाति पार्टी लगायतले पनि निवेदन दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार