Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदर्शनकारी र प्रहरीबीच झडप, पत्रकारसहित दुई जना घाइते


    बिहिबार, फाल्गुन १२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमसीसी विरुद्ध बिहीबार नयाँ बानेश्वरमा भएको प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा दुई जना घाइते भएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा पत्रकारसहित दुई जना घाइते भएका हुन् । 

    घाइते भएका एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजगको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर प्रहरीका अनुसार उनको टाउको र शरीरमा चोट लागेको छ । 

    अर्का घाइते केदार सिवाकोटीको पनि एभरेष्ट अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । रगज प्रर्दशनको भिडियो खिच्ने क्रममा र सिवाकोटी प्रर्दशनमा उत्रिएको बेला घाइते भएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार