Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री र सभामुख सापकोटाबीच भेटवार्ता


    बिहिबार, फाल्गुन १२ २०७८
    480
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँणले आज दिउँसो सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पुगेर सापकोटालाई भेटेका हुन् ।

    संसदको गतिरोध हटाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सदनबाट पारित गराउने उपायबारे खाँणले सापकोटासँग छलफल गरेको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । 

    खाँण सभामुखलाई भेटेर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका थिए । संसदमा एमसीसी छलफललाई कसरी लैजाने भन्नेबारे सहमति नहुँदा भोलिसम्मको लागि बैठक स्थगित भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार