Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय फुटसल टोलीको प्रशिक्षण भोलिबाट, नेपाल कठिन समूहमा


    बिहिबार, फाल्गुन १२ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कीर्गिस्तानमा आगामी अप्रिलमा आयोजना हुने एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमको प्रशिक्षण शुक्रबार (भोलि)बाट सुरु हुने भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार दिन काठमाडौंंमा खेलाडीलाई सुरुआती प्रशिक्षण दिएर पोखरामा बन्दसत्र सुरु गर्ने जनाएको छ ।

    प्रशिक्षक गौरव बस्नेतले ३२ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । सुरुआती चार दिनको प्रशिक्षण चुच्चेपाटीस्थित भाटभटेनी फुटसलमा हुनेछ । 

    १ देखि १५ अप्रिलसम्म आयोजना हुने प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ । नेपाल सम्मिलित समूहमा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान जस्ता बलिया टोली छन् । 

    प्रशिक्षक बस्नेत नेपालकाे समूह बलिया टिम रहेका र त्यसका बाबजुद पनि दोस्रो चरणमा स्थान बनाउन खेल्ने बताउँछन् । 

    ‘समूहका तीनै विपक्षी बलिया छन् । हाम्रो लक्ष्य दोस्रो चरणमा स्थान बनाउन हुनेछ । त्यहि अनुसार तयारी गर्छाै ।’ उनले  भने । 

    यस प्रतियोगिताबाट नेपालले पहिलो पटक फुटसल वरीयता पाउनेछ । फुटसल वरीयता पाउन कम्तिमा पनि आधिकारिक १० खेल खेलेको हुनुपर्छ । नेपालले यसअघि दुई पटक एएफसी फुटसलमा सहभागीता जनाएको छ । 

    बन्द प्रशिक्षणमा परेका खेलाडीः
    गोलकिपरः अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सन्जिब तामाङ, सुमितकुमार आले

    फिक्सो (डिफेन्डर) :  अरुज सिंह, विजय श्रेष्ठ, बिकु तामाङ, सरोज तामाङ

    आला (मिडफिल्डर) : आदिल हमिद, अमित लामा, जेनिस प्रजापति, किरण चौधरी, कृजल खड्का, मणिकुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा

    पिभोट (फरवार्ड): अबिनाश तामाङ, विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार