Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • स्रोत नखुलेको साढे ९ लाख नगदसहित भारतीय नागरिक पक्राउ


    बिहिबार, फाल्गुन १२ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीको मनरासिसवा नगरपालिका–२ कट्टी गाउँबाट स्रोत नखुलेको साढे ९ लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा भारत सितामढी ग्रामपंचायत सिरसिया थाना बेला–१४ बस्ने ३० वर्षीय दिपक कुमार चौधरी रहेका छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एडि ८३४६ नम्बरको मोटरसाइकलाई प्रहरी चौकी इटहर्वाकट्टी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त रकम भेटिएको थियो । 

    त्यसपछि मोटरसाइकल चालक चौधरीलाई पक्राउ गरिएको थियो । 

    उनलाई आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा महोत्तरीमा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार