Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वी युक्रेनमा तीव्र गोलाबारी, विमानस्थलमा मिसाइल हमला


    बिहिबार, फाल्गुन १२ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युक्रेनी सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले देशको पूर्वी भागमा आफ्ना एकाइहरूमा तीव्र गोलाबारी सुरु गरेको जनाएको छ । रुसले  राजधानी किभ नजिकैको बोरिस्पिल र अन्य क्षेत्रका विमानस्थलहरुमा मिसाइल आक्रमण गरेको युक्रेनी सशस्त्र बलले जनाएको छ ।

    युक्रेनी वायुसेनाले रुसले गरेको हवाई आक्रमणविरुद्ध लडिरहेको जनाएको छ । दक्षिणी बन्दरगाह सहर ओडेसामा रुसी प्याराट्रुप्स परिचालन भएका रिपोर्टहरुलाई भने युक्रेनी सशस्त्र बलले अस्वीकार गरेको छ ।

    प्याराट्रुप्सलाई युद्धको समयमा विमानबाट प्यारासुटमार्फत हाम फाल्न लगाएर आक्रमणमा परिचालन गरिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार