काठमाडौं । अभिनेता पल शाहले गायक तथा मोडल दुर्गेश थापा, सरोज ओली गायतका व्यक्तिहरुले गायिका समिक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गरी आफूलाई फसाउन खोजेको आरोप लगाएका छन्।
अभिनेता शाहले आज विहान ६ वटा अडियो सार्वजनिक गर्दै थापा, ओलीलगायतका व्यक्तिले समिक्षालाई प्रयोग गरेर आफूलाई फसाउन खोजेका आरोप लगाएका हुन् ।
उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले षड्यन्त्र गरेर फसाउन खोजेको उल्लेख गरेका छन्।
साथै अभिनेता शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानून अनुसार सजाय भोग्न तयार रहेको बताएका छन् । उनीविरूद्ध बुधबार गायिका समिक्षा अधिकारीले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी छन् ।
अभिनेता शाहले आफूलाई विगत २ वर्षदेखि पटक पटक जबरजस्ती करणी गरेको आरोप उनले लगाएकी छन् । उनले शाहविरुद्ध बुधबार तनहँ प्रहरीमा उजुरी समेत दर्ता गराएकी छन्।
यस्तो छ पलले सार्वजनिक गरेका ६ वटा अडियो क्लिपहरु: