Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युक्रेन-रुस तनावः पुटिनद्वारा ‘सैन्य कारबाही’को घोषणा


    बिहिबार, फाल्गुन १२ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा ‘सैन्य कारबाही’को घोषणा गरेका छन्।

    जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ पछिल्लो घोषणा गरेका हुन्।

    यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए।

    राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले ”झन्डै २,००,००० सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको” बताएका छन्।

    राष्ट्रसङ्घको आह्वान

    बिहीवार बिहानको सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार बिसाउन र घर फर्कन आग्रह पनि गरेका छन्।

    बीबीसीका पूर्वी युरोप संवाददाताका अनुसार डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ।

    राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन्। कृपया प्रतीक्षा गर्नुहोला। हामी समाचार अद्यावधिक गर्दै जानेछौँ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार