Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ विश्व इतिहासमा आजका घटनाक्रम


    बिहिबार, फाल्गुन १२ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सचिन तेन्दुलकरको किर्तिमानी 
    सन् २०१० मा भारतका सचिन तेन्दुलकर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दोहोरो शतक बनाउने पहिलो क्रिकेट खेलाडी बनेका थिए । तेन्दुलकर  क्रिकेट जगतमा उत्कृष्ट ब्याट्सम्यानको रूपमा विश्वभर चिनिन्छन् ।

    नाजी पार्टीको स्थापना
    सन् १९२० मा जर्मनीमा नाजी पार्टीको स्थापना भएको थियो । सन् १९२१ मा एडोल्फ हिटलर पार्टीको नेता बनेका थिए ।

    जर्जियाली क्यालेन्डर सुरु
    सन् १५८२ को २४ जनवरीमा पहिलो पटक पोप ग्रेगोरी १३ औं ले जर्जियन क्यालेन्डरको सुरु गर्न आदेश दिएका थिए । सोही समयदेखि जर्जियाली क्यालेन्डर  प्रयोगमा आएको  विश्वास गरिन्छ ।

    एन्ड्रिउ जोनसनलाई महाअभियोग
    सन् १८६८ मा अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले तत्कालिन राष्ट्रपति एन्ड्रिउ जोनसनलाई महाअभियोग लगाएको थियो । जोनसनले अंगिकार गरेको पुनर्निर्माण नीतिका कारण कट्टरपन्थी रिपब्लिकनहरू क्रुद्ध बनेका थिए ।

    कम्युनिस्ट पार्टी अफ क्युबा
    सन् १९७६ मा क्युबामा फिडेल क्यास्ट्रोको शासनले क्युबाको संविधान अंगिकार गरेको थियो, जसले क्युबामा एक मात्र राजनीतिक दल कम्युनिस्ट पार्टी अफ क्युबालाई मान्यता दिएको थियो । 

    सन् १९५५ को २४ जनवरीमा अमेरिकी व्यावसायी स्टेभ जब्सको जन्म भएको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार