Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गायक लामाको अन्त्येष्टि आज गरिने


    बिहिबार, फाल्गुन १२ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ । 

    लामाको शव आज बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि नाचघरमा राख्न लागिएको कलाकार दिपाश्री निरौलाले हिजै जानकारी दिएकी थिइन् । उनकाे आज विहीवार अन्त्येष्टि गरिदै छ । 

    गायक लामाको हिजो बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो । 

    बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी,  प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले गायक लामाको निधनप्रति दु:ख व्यक्त गरेका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार