Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज फागुन १२ गते बिहीबारको राशिफल


    बिहिबार, फाल्गुन १२ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष : आजको दिन राम्रो छ। बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ। पठनपाठनमा जोश बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट सन्तोष मिल्नेछ।

    वृष : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा समस्या आउने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। आम्दानीको बाटो खुल्नेछ। शिक्षाको माध्यमबाट गरिने कार्यमा उत्साह बढ्नेछ।

    मिथुन : दिन सामान्य रहेको छ। पारिवारिक समस्या देखिन्छ। आज शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। एकान्तमा बसेर अध्ययन गरेका लामो समयसम्म स्मरण रहने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

    कर्कट : दिन सामान्य छ। रोग र शत्रुको प्रकोपको सामना गर्नुपर्नेछ। पेट र मस्तिष्क सम्बन्धी समस्या हुनेछ। शिक्षामा उत्साह बढ्नेछ। तपाईको लगानीले गुणात्मक नतिजाहरु प्राप्त हुनेछन्। राजनीति क्षेत्रमा संगठनको सहयोग मिल्नेछ। पारिवारिको सहयोग मिल्नेछ।

    सिंह : दिन सामान्य राम्रो छ। स्वास्थ्य, वैदेशिक रोजगार र सामाजिक क्षेत्र सामान्य छ। पठनपाठनमा रुची बढ्नेछ। पारिवारिक सम्बनध सुमधुर रहनेछ। तर, आन्तरिक कलह भने बढ्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ।

    कन्या : दिन समान्य राम्रो छ। स्वास्थ्यमा समस्या आउनेछ। शिक्षामा आफै लाग्नुपर्नेछ। लगानीबाट राम्रो परिणाम पाउने योग छ। अन्य क्षेत्रमा जस्तो भएपनि विद्याको क्षेत्रमा उन्नति प्रगति हुनेछ।

    तुला : आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। बोलीमा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा थोरै श्रम गरेपनि धेरै फाइदा हुनेछ। ंधार्मिक र सामाजिक क्षेत्रमा मन जानेछ।

    वृश्चिक : बोलीको राम्रो प्रभाव रहन्छ। आलस्य बढ्नेछ। सहयोग गर्नेहरु टाढा हुनेछन्। ठूला कामको थालनी आज नपरेकै राम्रो।

    धनु : प्रशंसा बढ्नेछ। दैनिकी सरल र सहज बन्नेछ। पुरोना लगानी उठ्नेछ। आफ्नाबाट नै सतर्क रहनुपर्नेछ। राजनीतिमा संगठन वृद्धि हुनेछ। वैदेशिक क्षेत्रमा धेरै अवसर छन्।

    मकर : आम्दानी हुनेछ। बोलीको प्रभावले अरुको पनि भलाइ हुनेछ। नसोचेको फाइदा मिल्ने योग छ। भगवान शिवको स्मरण गरेर थालेको काम सफल हुनेछ।

    कुम्भ : नयाँ निर्णय नगनुर्होला। आम्दानी बढ्नेछ। अरु क्षेत्रको लगानीले भन्दा वैदेशिक क्षेत्रको लगानीले उल्लेखनीय नतिजा प्राप्त हुनेछ।

    मिन : आजको दिन राम्रो छ। आफूभन्दा ठूलाको सम्मान गर्नुपर्ने देखिन्छ। अभिभावकको सम्मान गर्नाले सफलता मिल्नेछ। भविष्यको बाटो खुल्ने दिन भएकाले पूर्खाको सम्झना गर्नुहोला।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार