काठमाडौं । न्यायपरिषदको बैठकले विशेष अदालतका अध्यक्षसहित ६ न्यायाधीशको सरुवा गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको परिषदको बैठकले विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई जिम्मेवारी दिएको छ । त्यसैगरी सदस्यहरुमा सदस्यहरुमा रमेश पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, खुुसीप्रसाद थारु र बलभद्र बास्तोलालाई सरुवा गरेको छ ।
विशेष अदालतमा ७ महिनादेखि अध्यक्षसहित ४ न्यायाधीश रिक्त थिए । जसका कारण भ्रष्टाचारका मुद्दाहरुको सुनुवाईमै असर पर्दैआएको थियो ।
त्यसैगरी न्यायपरिषदको बैठकले राजस्व न्यायाधीकरणको प्रमुखमा उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानालाई जिम्मेवारी दिएको छ । राजस्व न्यायाधीकरणमा ७ महिनादेखि नै प्रमुख रिक्त थियो, जसका कारण करसम्बन्धी मुद्दाको पुनरावेदनका निवेदनहरुको सुनुवाई हुन सकेको थिएन ।
७ महिनादेखि विशेष अदालतमा अध्यक्षसहित ४ न्यायाधीश रिक्त थिए ।