Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अस्पतालको घडेरी सम्याउँदा स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त


    बुधबार, फाल्गुन ११ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा अस्पताल बनाउन घडेरी सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त बनेको छ ।

    प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार १५ शय्याको अस्पताल बनाउनका लागि घडेरी सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो ।

    नजिकै अस्पतालका लागि घडेरी बनाउने क्रममा भवनको जग भत्किएपछि प्राथमिक स्वास्थ्य केन्द्रको तीन कोठे भवन कामै नलाग्ने अवस्थामा पुगेको छ । भर्ना भएका बिरामी राख्नका लागि बनाइएको सो भवनको पर्खाल र पेटी भत्किएपछि भवनमुनि भ्वाङ परेको चिसापानीका कार्यबाहक वडाध्यक्ष धनबहादुर राईले बताए । 

      स्वास्थ्य केन्द्रको भवनको तीनमध्ये दुई कोठा भासिएको छ । सो भवनलाई हाल पुरानो सामान राख्न, कोभिड-१९ बाट संक्रमित स्वास्थ्यकर्मी राख्ने क्वारेन्टिन लगायतमा उपयोग गरिँदै आइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार