काठमाडाैं । अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ।
१७ वर्षीया गायिका समीक्षा अधिकारीले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन्।
पछिल्लो समय नायक शाह र अधिकारीबीचको प्रेम विवाद चुलिँदै गएको छ । विवादपछि उनीहरुबीचको अडियो संवाद समेत सार्वजनिक भइसकेको छ ।
गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ ।
शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले यसबारे औपचारिक जानकारी दिएको छैन ।