Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६ करोड २५ लाख ठगी गरेर फरार भएका सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ


    बुधबार, फाल्गुन ११ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले सहकारीको करोडौं रकम ठगी फरार रहेको आरोपमा दुईजनालाई पक्राउ गरेकाे छ । 

    प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धाान ब्यूरोले  काठमाडौं महानगरपालिका-३० का सुरज बस्नेत र काठमाडौं महानगरपालिका-१६ का शिव पाण्डेलाई पक्राउ गरेकाे हाे ।

    काठमाडौं-३१ स्थित भरोसा नेपाल बहुउद्देश्ययी सहकारी स‌ंस्थाबाट ६ करोड २५ लाख ठगी गरेको आरोप छ । निक्षेपकर्ताहरूले निक्षेप रकम माग्दा सहकारीमा ताला लगाई फरार भएका जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस्नेत उक्त सहकारीका अध्यक्ष हुन् भने पाण्डे उपाध्यक्ष हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार