Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ए डिभिजन लिगः अन्तिम चरणका खेल भोलिबाट


    बुधबार, फाल्गुन ११ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणका खेलहरू भोलि (बिहीबार)बाट सुरु हुँदैछ । 

    जारी लिगमा १२औँ चरणका खेल मंगलबारबाट समाप्त भएसँगै एन्फाले यसै हप्ताको अन्तिमसम्म शीर्ष डिभिजन लिग सक्काउने गरी तालिका सार्वजनिक गरेको हो । 

    बिहीबारबाट तीनदिनसम्म चल्ने अनि्तम चरण शनिबार समापन हुनेछ । एन्फाले यस चरणका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गर्दैछ । समापनको खेलबाहेक अन्य ६ खेल दिउँसो १ बजे हुनेछन् । 

    पहिलो दिन दुई खेल हुनेछ । एन्फामा ‘ए’ डिभिजन लिगको हैसियत गुमाइसकेको च्यासल युथ क्लब र सातदोबाटो युथ क्लब भिड्दा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब दशरथ रंगशालामा आमुनेसामुने हुनेछन् । 

    शुक्रबार पनि दुई खेल हुनेछ । दुबै खेल १ बजे हुने छन् । जावलाखेल र संकटा क्लब दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दा दोस्रो डिभिजनमा घटुवा भइसकेको ब्रिगेड ब्वाइज क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ । 

    अन्तिम दिन तीन खेल हुने छन् । एन्फामा एनआरटी फुटबल क्लब र नेपाल पुलिस १ बजे खेल्दा सोही समय त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबले दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने छन् । 

    यता, लगातार शीर्ष डिभिजन लिग च्याम्पियन भइसकेको मछिन्द्र फुटबल क्लबले एपीएफ फुटबल क्लबको चुनौती सामना गर्दै अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ । खेल साढे ४ बजे दशरथ रंगशालामा हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार