काठमाडाैं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार न्याय परिषद्को बैठक बोलाएका छन् ।
विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनका लागि परिषद्को बैठक अपराह्न ४ बजेका लागि डाकिएको हो ।
बुधबार बस्ने परिषद्को बैठकले विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने एजेण्डा रहेको छ । त्यसबाहेक विविध विषयमा पनि छलफल हुनेछ ।
विशेष अदालतमा गत साउन महिनादेखि अध्यक्षसहित ४ न्यायाधीशको पद रिक्त छ ।