Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा छुट


    बुधबार, फाल्गुन ११ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिने सहमति भएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरूलाई नेपाली नागरिक सरह (आन्तरिक हवाई जहाजको भाडामा) छुट दिने सहमति गराएको हो ।

    यसै गरी, पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले संस्थागत निर्णय गरी कम्तीमा पनि २० प्रतिशतसम्म होटलको कोठा भाडामा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई छुट दिने निर्णय गरेको छ।

    यसरी विदेशबाट आउने नागरिकलाई हवाई भाडामा छुट दिने सहमती गर्ने हवाई जहाज कम्पनीहरूमा बुद्ध एयरलाइन्स प्रालि तथा यति एयरलाइन्स प्रालि रहेको सो समितिका संयोजक राजाराम गिरीले बताए।

    ‘विदेशबाट आउने पर्यटकलाई नेपाली नागरिकसरह भाडामा छुट दिने हाम्रो प्रयासमा दुई हवाई कम्पनीले सहमति गरेका छन्’, उनले भने– ‘अन्य हवाई कम्पनीसँग पनि छलफल बढाएका छौं, उहाँहरूले पनि छुट दिनु हुनेछ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार