Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोस्रो पटक विश्वकप खेल्न नेपालको लक्ष्य चकनाचुर भएको खेल


    मंगलबार, फाल्गुन १० २०७८
    620
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं।आइसीसी विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ६८ रनले पराजित भएसँगै दोस्रो पटक टी–२० विश्वकप पुग्ने नेपालको लक्ष्य अधुरै रहेको छ ।

    मंगलबार मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८। ओभर ४ बलमा १०७ रनमै सीमित बन्यो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । उनले ३८ बलमा तीन चौका प्रहार गरे । यस्तै, ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालले दोस्रो इनिङको चौथो बलमै ओपनर आसिफ शेखलाई पहिलो विकेटको रूपमा गुमाएको थियो । त्यसको अर्को बलमा नेपालले दोस्रो विकेटको रूपमा लोके बललाई गुमायो । लोके ‘गोल्डेन डक आउट’ भए । स्कोरबोर्डमा १४ रन हुँदा नेपालले तेस्रो विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो ।

    नेपाललाई सस्तोमै समेट्न युएईका अहमेद राजाले सर्वाधिक पाँच विकेट लिए । चार ओभर बलिङ गरेका राजाले मात्र १९ रन खर्चिए ।

    यसबाहेक, जुनैद सिद्धिकले तीन विकेट लिँदा जहुर खान र रोहन मुस्तफाले समान एक विकेट हात पारे ।

    यसअघि टस जितेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रनको योगफल खडा गरेको थियो ।

    युएईका ओपनर मुहम्मद वसिमले सर्वाधिक ७० रन बनाए । उनले ४८ बलमा समान चार चौका र छक्का प्रहार गरे । यस्तै, भ्रित्या अरविन्दले ४६, मुहम्मद वसिमले १७ र जवर फरिदले ११ रन जोडे ।

    नेपालका अविनास बोहरा र जितेन्द्र मुखियाले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका अविनासले ४६ रन खर्चिदा मुखियाले तीन ओभरमा ३५ रन खर्चिए । यसबाहेक, कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे ।

    पराजयसँगै अक्टोबरमा अस्ट्रेलियामा हुने विश्वकप सम्भावना समाप्त भएको छ  । नेपालले हालसम्म एक पटक मात्र ट्वान्टी २० विश्वकप खेलेको छ । सन् २०१४ मा भएको ट्वान्टी २० विश्वकपमा नेपाल छनोट भएको थियो ।

    kap1.jpg
    undefined

    न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार