Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन किलोग्राम चाँदीको गहनासहित दुई जना भारतीय नागरिक पक्राउ


    मंगलबार, फाल्गुन १० २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा।सशस्त्र प्रहरीको विशेष टोलीले सिरहाको लहानबाट नगद र तीन किलोग्राम चाँदीको गहनासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरीको छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवास र नम्बर ७ गण हेड क्वाटर सिरहाबाट खटिएको विशेष टोलीले लहान नगरपालिका-७ दुर्गामन्दिरबाट भारतको विहार मधवनी थाना राजनगर १२ का ३८ वर्षीय रञ्जित राय र उनको काका ६१ वर्षीय लखन रायको साथबाट ३ किलोग्राम ५२ ग्राम चाँदीको तयारी गहना र नगद २० हजार भारतीय रुपैयाँ, ५ सय १० नेपाली रुपैयाँसहित पक्राउ गरेको हो ।

    बरामद गहनासहित दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको नम्बर ७ गण हेड क्वाटर सिराहाका सूचना अधिकारी डिएसपी विनोद थापाले जानकारी दिए । 

    उनीहरू सप्तरीको नाका हुँदै दहान बजारमा गहना लिएर आइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार